थासाङ गाउँपालिकामा पद तथा गोपनीयता शपथ

समाधान संवाददाता २०७९ जेठ २ गते २१:१०

मुस्ताङ थासाङ गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले सोमबार पथ तथा गोपनीयताको शपथ लिएका छन् । मुस्ताङ निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीबाट पद तथा गोपनीयताको शपथ लिएसंगै नवनिर्वाचित गाउँपालिका अध्यक्ष प्रदिप गौचनले पालिकाका उपाध्यक्ष सोमल हिराचनसहित २६ जना निर्वाचित जनप्रतिनिधिहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएको प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र सुवेदीले जानकारी दिए ।
थासाङमा अध्यक्ष प्रदिप गौचनले आजै गाउँपालिकामा पदबहाली समेत गरेको प्रशासकीय अधिकृत सुवेदीले बताए । शपथ समारोहमा नवनिर्वाचित गाउँपालिका अध्यक्ष प्रदिप गौचनले थासाङको विकासमा सबै जनप्रतिनिधिहरु हातेमालो गरेर अघि बढ्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया