पोखरामा १२८५ मतले कृष्ण थापा भन्दा धनराज अघि

पोखरा ।
पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यले एमाले उम्मेदवार कृष्ण थापालाई १२ सय ८५ मतले पछि परेका छन् ।
उनले पछिल्लो पटक अझ बढि मतान्तर बढाउँदै लगेका हुन् ।
मंगलबार बिहान २०६६० गणना हुँदा सम्म एमाले उम्मेदवार कृष्ण थापालाई धनराज आचार्यले पछि परेका हुन् । गठबन्धनका उम्मेदवार आचार्यले ८५६३ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार कृष्ण थापाले ७२७८ मत ल्याएका छन् । मेयरमा राप्रपाबाट शंकर खरालले१०२७ मत पाएका छन् भने, स्वतन्त्र उठेका गनेस पौडेलले लौरोमा ५२६ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ७७७६ मत सहित अग्रता कायम गरेकी छिन् ।
एमालेका मञ्जुदेवी गुरुङल ८२७१ मत सहित पछ्याइरहेकी छिन् । महानगरको वडा नं १ मा एमाले, वडा नम्बर २, ३, ४ र १२ मा कांग्रेस विजय भएको छ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया