५ वडामा एमाले, ४ मा कांग्रेस

समाधान संवाददाता २०७९ जेठ ३ गते १०:३७

पोखरा l
स्थानीय तहको निर्वाचन २०७९ मा कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेकपा (एमाले)ले ५ वडामा जितेको छ । नेपाली कांग्रेसका उम्मेदवार ४ वडामा निर्वाचित भएका छन् ।

Advertisement

पालिकाको वडा नम्बर, ३, ६, ७, ९ र ११ मा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ४, ५ ८ र १० मा नेपाली कांग्रेसले जितेको छ । वडा नम्बर १ र २ को भने मतगणना जारी छ । वडा नम्बर ३ मा नेकपा (एमाले)का फणीन्द्रप्रसाद पौडेल ८ सय ३८ मत ल्याएर विजयी भएका छन् । उनीसँग प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका उम्मेदवार पीताम्बर अधिकारीले ५ सय ६१ ल्याएका छन् ।

वडा नम्बर ६ मा नेकपा (एमाले)का एकदेव देवकोटाले ६ सय ५ मत पाएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नवीन गुरुङले ४ सय ५५ मत ल्याएका थिए । वडा नम्बर ९ मा एमालेका रमेश गुरुङ र वडा नम्बर ११ नेकपा (एमाले)का हिमबहादुर गुरुङ निर्वाचित भएका छन् ।

Advertisement

अन्नपूर्णको वडा नम्बर ७ मा एमालेका भरतमान गुरुङ ५ सय ७१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कमल गुरुङले ४ सय ८८ मत ल्याएका छन् । वडा नम्बर ४ मा नेपाली कांग्रेसका आइदल गुरुङ ८ सय ४१ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का कृष्णबहादुर केसीले ७ सय ५३ मत पाएका छन् ।

वडा नम्बर ५ मा नेपाली कांग्रेसका जीवनाथ पौडेल ५ सय ५१ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का दुर्गादत्त ढुंगानाले ४ सय १ मत ल्याएका छन् । वडा नम्बर ८ मा नेपाली कांग्रेसका विजय गुरुङ ६ सय १३ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का मिनाकुमारी गुरुङले ४ सय १९ मत ल्याएकी छिन् । अन्नपूर्णको वडा नम्बर १० मा नेपाली कांग्रेसका गौतम गुरुङ निर्वाचित भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया