नेपाल भारतबीच ६ समझदारीमा हस्ताक्षर

काठमाडौं ।
नेपाल र भारतबीच ६ वटा समझदारी (एमओयु) तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणमा ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीको उपस्थितिमा सम्बन्धित देशका अधिकारीले ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सोमबार बुद्धिस्ट अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने समझदारीपत्रमा लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी र इन्डियन काउन्सिल अफ कल्चरल रिलेसन (आईसीसीआर)बीच हस्ताक्षर भएको छ ।
भारतीय अध्ययनका लागि आईसीसीआर चेयरको स्थापनासम्बन्धी समझदारीपत्रमा त्रिभुवन विश्वविद्यालय र आईसीसीआरबीच हस्ताक्षर भएको छ । भारतीय अध्ययनका लागि आईसीसीआर चेयरको स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा काठमाडौं विश्वविद्यालय र आईसीसीआरबीच हस्ताक्षर भएको छ । काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटी–एम)बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सोमबार नै काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) भारतबीच स्नातकोत्तर तहमा संयुक्त कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी लेटर अफ एग्रिमेन्ट भएको छ । अरुण ४ आयोजनाको विकास र कार्यान्वयनका लागि भारतको विद्युत उत्पादक सतलज र नेपाल विद्युत प्राधिकरणबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया