स्याङ्जाको कालीगण्डकीमा एमाले निर्वाचित

स्याङजा ।
कालीगण्डकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका खिमबहादुर थापा र सावित्रा कोइराला निर्वाचित भएका छन्। थापाले आपना प्रतिस्पर्धी नेपाली कांग्रेसका माया रानालाई १ हजार ६४५ मत अन्तरले पछि पार्दै विजयी भएका हुन् ।
उनले ६ हजार ७०० मत पाएका थिए भने रानाको ५ हजार ५५ मत छन्। उपाध्यक्ष कोइरालाले ६ हजार २२३ मत पाइन् । उनका प्रतिस्पर्धी राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछानेले ४ हजार ८३९ मत पाए। कोइरालाले १ हजार ३ सय ८४ मतान्तरले विजयी भइन् ।
गाउँपालिकाको वडा नं १, ३ र ६ मा एमालेका अध्यक्ष क्रमशस् कृष्णबहादुर लामिछाने, देवेन्द्रकुमार थापा र सुन्दरप्रसाद अधिकारी निर्वाचित भएका छन् । अन्य वडामा २, ४, ५ र ७ मा गठबन्धनतर्फका खगिसरा आले, यावदप्रसाद पाण्डे, रुकबहादुर थापा र ७ मा प्रकाश भट्टराई विजयी भएका हुन् ।
यसअघि, २०७४ स्थानीय निर्वाचनपछि थापा र कोइरालाले नै अध्यक्ष र उपाध्यक्ष थिए । गाउँपालिकामा १७ हजार ९३८ जना मतदाता भए पनि १२ हजार २७१ ले मात्र मतदान गरेका थिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया