पर्वतको महाशिलामा एमाले विजयी

समाधान संवाददाता २०७९ जेठ ३ गते ११:१६

कुश्मा ।
पर्वतको महाशिला गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार इश्वरी भुसाल र उपाध्यक्षमा एमालेकै उम्मेदवार धनसोभा विक विजयी भएका छन् । अध्यक्ष पदमा एमालेका भुसालले २ हजार ७४३ मत ल्याउँदा कांग्रेसका अशोक उच्चै ठकुरीले २ हजार ३०६ मत ल्याएका थिए । उपाध्यक्ष पदमा विकले २ हजार ७०६ मत ल्याउँदा एकीकृत समाजवादीका उम्मेदवार बिराज हमालले १ हजार ९६९ मत ल्याएका थिए ।

महशिलाका ६ वटा वडामध्ये वडा नम्बर ५ लुंखुदेउरालीमा नेपाली कांग्रेस विजयी भएको छ भने बाँकी सबैमा नेकपा एमाले प्यानलसहित विजयी भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया