आँबुखैरेनीमा माओवादी विजयी

समाधान संवाददाता २०७९ जेठ ३ गते ११:२४

तनहुँ ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका छन्।

चुमानले तीन हजार ९४० मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका गिरबहादुर थापाले दुई हजार २३० मत प्राप्त गरे । उपाध्यक्षमा अर्याल दुई हजार ८४८ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी कांग्रेसका पवित्रा गौलीले दुई हजार १८३ मत प्राप्त गरिन् ।

छवटा वडा रहेको आँबुखैरेनीमा माओवादीले वडा नम्बर १, २ र ५ मा विजय हासिल गरेको छ । कांग्रेसले वडा नम्बर ३ र ४ मा विजय हासिल गरेको छ भने नेकपा एमालेले वडा नम्बर ६ मा विजय हासिल गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया