गोरखाको भीमसेन थापा गाउँपालिकामा अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस

समाधान संवाददाता २०७९ जेठ ३ गते ११:५३

गोरखा ।
गोरखाको भीमसेन थापा गाउँपालिकामा अध्यक्ष्मा माओवादी केन्द्रका लोकप्रसाद बञ्जारा विजयी भएका छन् । बन्जाराले ४ हजार ९८० मत ल्याए भने उनको निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार रोशन गुरुङले ४ हजार ८ सय ८५ मत ल्याएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसकी अमृता वस्तीले विजयी भएकी छन् । वस्तीले ४ हजार ९ सय ४९ मत ल्याएर उपाध्यक्षमा पदमा विजयी हासिल गरेकी हुन् ।

पालिकाको वडा नम्बर १, ५, ६, र ७ मा माओवादी केन्द्र बिजयी बनेको छ भने वडा नम्बर २,३, र ४ मा नेपाली कांग्रेस बिजयी बनेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया