लमजुङको बेसीसहर नगरपालिकामा एमाले विजयी

बेसीसहर ।
गठबन्धनलाई पराजित गर्दै लमजुङको बेसीसहर नगरपालिकामा एमाले विजयी भएको छ । एमालेबाट नगरप्रमुखमा गुमानसिंह अर्याल र उपप्रमुखमा पद्मा गुरुङ विजयी भएका छन् ।
अर्यालले ९ हजार ४ सय ७९ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट काग्रेसका उम्मेदवार श्रीकान्त घिमिरेले ७ हजार ४ सय ७१ मत प्राप्त गरे । यसैगरी नगरपालिकाको उपप्रमुखमा एमालेका पदमा गुरुङ विजयी भइन् ।
उनले ८ हजार ७ सय १४ मत प्राप्त गरिन् । गठबन्धनबाट माओवादी केन्द्रका उपमेयरका उम्मेदवार हरिजङ तामाङ ४ हजार ६ सय ९९ मत प्राप्त गरि उपाध्यक्षमा पराजित भए ।नगरपालिकाको उपमेयरका स्वतन्त्र उम्मेदवार जीवन कुमार श्रेष्ठले १ हजार ६ सय १५ मत ल्याएका छ्न । बेशिसहर नगरपालिकामा निर्बाचित मेयर अर्याल ०७४ को स्थानीय तहमा पनि निर्बाचित भएका थिए ।
बेसीसहर नगरपालिकाको ११ वडामध्ये वडा नं १, २, ५, ७ , ८, १०, ११ मा एमाले विजयी भएको छ भने वडा नं ९ र ४ मा काग्रेसले जितेको छ । वडा नम्बर ३ मा माओवादी केन्द्र र वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यसअघिको स्थानीय तहमा पनि बेसिसहरमा एमालेले नै मेयर र उपमेयर जितेको थियोे ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया