पर्वतको फलेवासमा प्रमुखमा कांग्रेस उपप्रमुखमा माओवादी
समाधान संवाददाता
२०७९ जेठ ३ गते १२:५५

पर्वत ।
पर्वतको फलेवास नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार गंगाधर तिवारी विजयी भएका छन् । तिवारीले ७ हजा ७०० मत ल्याएर निर्वाचित हुँदा एमालेका उम्मेदवार पदमपाणी शर्माले ६ हजार ३८० मत ल्याए ।
फलेवासकै उपप्रमुखमा गठबन्धनको तर्फबाटै उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी शोभाकुमारी क्षेत्री निर्वाचित भइन् । क्षेत्रीले ६३२७ मत ल्याउँदा संस्थापक उपप्रमुख समेत रहेकी मञ्जु अधिकारीले ६०५७ मत ल्याइन् । फलेवासका ११ मध्ये ६ वडामा नेपाली कांग्रेस र पाँच वडामा एमालेका उम्मेदवार विजयी भएका छन् ।
वडा नम्बर १ कार्कीनेटा, ३ शंकरपोखरी, ४ मुडीकुवा, ६ देवीस्थान, ९ भंगरा र वडा नम्बर १० कुर्घामा नेपाली कांग्रेसका अध्यक्ष निर्वाचित भए । वडा नम्बर २ थापाठाना, ५ खानीगाउँ, ७ लिमिठाना, ८ ठानामौला र वडा नम्बर ११ पाङराङमा भने नेकपा एमालेका उम्मेदवार विजयी भए ।
सम्बन्धित








सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया