बागलुङको बरेङ गाउँपालिका अध्यक्षमा राष्ट्रिय जनमोर्चा विजयी

समाधान संवाददाता २०७९ जेठ ३ गते १३:०८

बागलुङ ।
बागलुङको बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद शर्मा विजयी भएका छन् । नवनिर्वाचित शर्मा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।

शमार्ले ३ हजार ६०१ मत प्राप्त गरि विजयी भएका हुन् । अध्यक्षमा नेकपा एमालेका प्रदिप थापाले २ हजार २३२ मत प्राप्त गरेका छन् । गाउँपालिका उपाध्यक्षमा काँग्रेसका दिलिप कुमार पुन विजयी भएका छन् । पुनले ३ हजार ६८२ मत प्राप्त गर्दा नेकपा एमालेका दुर्गा कार्की थापा क्षेत्रीले १ हजार ९५५ मत प्राप्त गरेकी छिन् ।

ँपालिकाका वडा नम्बर १, २ मा राष्ट्रिय जनमोर्चा विजयी भएको छ । वडा नम्बर ३ मा एमाले विजयी भएको छ । वडा नम्बर ४ र ५ काँग्रेसका विजयी भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया