लमजुङको मर्स्याङ्दी गाउँपालिकामा एमाले बिजयी

समाधान संवाददाता २०७९ जेठ ३ गते १५:५३

लमजुङ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् । गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका अर्जुन गुरुङ र जुनामाया थापा बिजयी भएका हुन् । अध्यक्ष गुरुङले ६ हजार १ सय ३० मत प्राप्त गरेका छन् ।

प्रतिद्वन्द्वी कांग्रेसका लोकनाथ घिमिरले ४ हजार ३ सय ६९ मत ल्याएका छन । उपाध्यक्षमा जुन थापाले सत्ता गठबन्धनका उम्मेदवारको भन्दा १ हजार ८ सय ८५ मत बढी ल्याएकि छन् ।

उनले ५ हजार ८ सय ९५ मत ल्याउँदा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अजय तामाङले ४ हजार १० मत ल्याएका छन् । ९ वटा रहेको मर्स्याङ्दीमा वडा नम्बर १, २ , ३ , ७ र ८ मा एमालेले जितेको छ । नेपाली कांग्रेसले वडा ४, ५ , ६ र ९ वडा जितेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया