बन्दीपुरको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस

समाधान संवाददाता २०७९ जेठ ३ गते १५:५८
ljhoL ¥ofnLdf ;Daf]wg tgx'F, # h]7 M aGbLk'/ ufpFkflnsfsf] gjlgjf{lrt cWoIf g]skf -Pdfn]_sf ;'/]Gb| yfkf ljhoL ¥ofnL sfo{qmdnfO{ ;Daf]wg ub}{ . cWoIfdf Pdfn] / pkfWoIfdf sf+u|];sL k~rdfof u'?ª ljhoL x'g'ePsf] 5 . tl:a/M ;fg]axfb'/ g]kfnL÷ /f;;

बन्दीपुर ।
बन्दीपुर गाउँपालिकाको अध्यक्षमा एमालेका सुरेन्द्र थापाले तीन हजार दुई सय पच्चीस मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पूर्णसिं थापाले तीन हजार एक सय छैसठ्ठी मत प्राप्त गरेका हुन् । उपाध्यक्षमा नेपाली कांग्रेसका पञ्चमाया गुरुङले तीन हजार सत्ताइस मत ल्याएर विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी करुणा गुरुङले तीन हजार पच्चीस मत प्राप्त गरेका छन् । बन्दीपुरमा कूल दश हजार दुई सय पाँच मत खसेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया