नवलपुरको हुप्सेकोटकोमा कांग्रेस निर्वाचित
समाधान संवाददाता
२०७९ जेठ ३ गते १६:०३

नवलपुर ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । छ वटा वडा रहेको हुप्सेकोटमा सबै वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमासमेत कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।
जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माकाअनुसार अध्यक्षमा कांग्रेसका उम्मेदवार लक्ष्मीदेवी पाण्डे निर्वाचित भएका हुन् । उनी यसअघि पनि अध्यक्षमा निर्वाचित भएका थिए । पाण्डेले छ हजार ४५५ प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा ९एमाले०का चेतबहादुर रानाले पाँच हजार ७४१ मत प्राप्त गरे ।
उपाध्यक्षमा कांग्रेसकै पूर्णसिंह राना निर्वाचित भएका छन् । रानाले छ हजार ७०५ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी एमालेकी मनी पाण्डेले पाँच हजार ७३८ मत प्राप्त गरे ।
सम्बन्धित








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया