गोरखाको धार्चेमा माओवादी विजयी
समाधान संवाददाता
२०७९ जेठ ३ गते १७:३३

गोरखा ।
गोरखाको धार्चे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ । अध्यक्षमा लक्ष्मण गुरुङ र उपाध्यक्षमा सुनिला गुरुङ निर्वाचित भएका हुन् । यसअघिको निर्वाचनमा दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।
लक्ष्मण गुरुङले कांग्रेसका सन्तबहादुर गुरुङलाई १ हजार ८२५ मतको फराकिलो अन्तरले जितेका हुन् । लक्ष्मणले ३ हजार ७७१ मत ल्याएका छन् भने सन्तबहादुरले १ हजार ९४६ मत ल्याए । उपाध्यक्षमा निर्वाचित सुनिलाले ३ हजार ७७९ मत ल्याउँदा कांग्रेसकी फुलमाया गुरुङले १ हजार ९७६ मत प्राप्त गरिन् ।
७ वटा वडा रहेको धार्चेमा ४ वटा वडा ९१,२,४,५,७० माओवादी केन्द्र र दुई वटा वडा ९३, ६० नेकपा एमालेले जितेको छ ।
सम्बन्धित







सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया