मुस्ताङको मार्फामा सुख्खा पहिरो

जोमसोम–
मुस्ताङको शितोष्ण बागवानी विकास केन्द्र मार्फा नजिक मंगलबार साँझ करिव ४ बजे सुख्खा पहिरो गएको स्थानीयले बताएका छन् । तर,स्थानीय प्रशासनले यसलाई भिरालो सतहको माटोको ढिस्को खसेको बताएको छ ।
मुस्ताङको पर्यटकी गाउँ मार्फादेखि नजिकै रहेको शितोष्ण बागवानी विकास केन्द्रको मुल गेटको पश्चिम दिशाको ढुङ्गानाङ डाँडाको पाखोबाट सुख्खा पहिरो जाँदा कृषि मार्फको क्षेत्र धुलाम्मे हुँदा स्थानीय केहीबेर त्रसित बनेका थिए ।
सुख्खा पहिरो जस्तो धुलाम्मे माटोको मुस्लोले बागवानी विकास केन्द्रको पछाडीदेखि मुलगेटसम्मको भाग पुरै ढाकिएको स्थानीय बताउँछन् ।
हिमपहिरो प्रकृतिको धुलाम्मे सुख्खा पहिरो खस्दा त्यहा रहेको खानेपानी तथा सिचाई कुलोलाई आशिंक क्षति पू¥याएको थियो । तर,हिमपहिरो जस्तै देखिन प्रकृतिको माटोको ढिस्को खसेपनि कुनै मानवीय क्षति हुन नपाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।सुख्खा पहिरो खस्ने क्रम अहिले रोकिएर जनजिवन सामान्य बनेको प्रजिअ शर्माको भनाई छ ।
मार्फाको शितोष्ण बागवानी विकास केन्द्रको कृषि फार्ममा नजिकै सुख्खा पहिरो गएको भन्ने सूचना प्राप्त भएपछि प्रजिअ शर्मासहित नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो ।
यसअघि मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङ माथि मानापाथी हिमालको फेंदबाट केही महिना अघि हिमपहिरो जाँदा स्थानीयको दर्जनौ याकचौरी पुरिएर मरेका थिए ।जलवायु परिवर्तनका कारण हिमालीक्षेत्रको तापक्रम बर्सेनि वृृद्धि हुने हुँदा हिमपहिरो र सुख्खा पहिरो जाने जोखिम बढेको स्थानीय बताउँछन् ।







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया