देवीजंगलाई महेन्द्रले हाँसीहाँसी लगाइदिए फूलमाला, दिए बधाई

कास्कीको मादी गाउँपालिका अध्यक्षमा पराजित एमाले उम्मेदवार महेन्द्र गुरुङले विजेता कांग्रेस उम्मेदवार देवीजंग गुरुङलाई बधाई दिएका छन् ।
गाउँपालिका केन्द्रमा महेन्द्रले देवीजंगलाई हाँसीहाँसी फूलमाला लगाइदिँदै बधाई दिएका हुन् ।
मादी अध्यक्षमा कांग्रेसका देवीजंग गुरुङ ६५८४ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका महेन्द्र गुरुङले ५७५० मत ल्याए । उपाध्यक्षमा एमालेकी कल्पना गुरुङ निर्वाचित भइन् । उनीसँग माओवादीका लालबहादुर गुरुङ पराजित भएका हुन् ।

महेन्द्रले परिणाम सार्वजनिक भएपछि फेसबुक स्टाटस लेखेर मतदाता र विजेता सबैलाई बधाई र धन्यवाद दिएका छन् । उनले लेखेका छन्:
सम्पूर्ण मादीका आदरणीय मतदाताहरू प्रति हार्दिक अभिवादन नमस्कार
२०७९ वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मादी गाउँपालिकामा सूर्य चिन्हमा मतदान गर्नु भएका मतदाताहरू प्रति हार्दिक आभार ब्यक्त गर्दछु । सूर्य चिन्हमा मतदान गर्न नसक्नु भएकाहरूले मत नै नदिएता पनि मन दिनुभएको छ आशीर्वाद दिनुभएको छ। सम्पुर्ण मादीवासी प्रति पनि हार्दिक आभार ब्यक्त गर्दछु । मादीका आम जनताहरू प्रति चुनावमा बिजयाको नतिजा (परिणाम) नआएतापनि हर दुःख मा हजुर हरूको साथमा रहनेछु । जुन सुकै समयमा पनि तपाईहरूको साथमा मेरो साथ रहने छ।
मलाई तपाईहरुको यो अमुल्य मत को ऋणी भएको छु। यो अमुल्य मत र मन को लागि आभारी छु। मलाई पक्कै पनि आसा छ कि यहाहरूको भावनालाई कदर गर्दै यो गुन तिर्ने अवसर आगामी दिनहरूमा दिनुहुनेछ भन्ने पूर्ण आशा छ । म बाट भएका कमीकमजोरीबाट गम्भीर शिक्षा लिँदै यहाँहरू प्रति हार्दिक नमन गर्दछु। साथै विभिन्न खाले षड्यन्त्र र धम्कीका वावजुद पनि सूर्य चिन्हमा मतदान गर्नुहुने सम्पूर्ण वा आमा दाजुभाइ दिदी बहिनीहरुप्रति हार्दिक सम्मान गर्दछु । कमीकमजोरीबाट गम्भीर शिक्षा लिँदै ऊच्च साहस र नयाँ शैलीबाट अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु। मेरो चुनावी अभियानमा अहोरात्र खट्नु हुने सिंगो पार्टी पंक्ति,नेता ज्यूहरू,कार्यकर्ताहरू,समर्थकहरू शुभेच्छुकहरू प्रति ऊच्च आदर गर्दछु।








कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया