मत गन्न बाँकी हुदै शुक्लागण्डकीको मेयरमा काँग्रेसका पण्डित विजयी

समाधान संवाददाता २०७९ जेठ ४ गते ११:१३

तनहुँ ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका कृष्णराज पण्डित विजयी भएका छन् । जारी मतगणनामा १ हजार ८७६ मत गन्न बाँकी छदै प्रमुखका उम्मेदवार पण्डित विजयी भएका हुन् ।

पण्डितले अहिले ११ हजार २३२ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी एमालेका मुक्तिनाथ तिम्सिनाले ९ हजार ४६ मत प्राप्त गरेका छन् । मुक्ति २ हजार १८६ मतले पछाडी परेका छन् ।

उपमेयरमा भने एमालेकी फुलमाया वाग्ले र माओवादीका खुमबहादुर विकबीच प्रतिष्पर्धा चलिरहेको छ । पछिल्लो प्राप्त विवरण अनुसार विक १९२ मतान्तरले अगाडी रहेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया