निवर्तमान मेयरलाई पराजित गर्दै गैंडाकोट नगरपालिकामा कांग्रेसको जित

समाधान संवाददाता २०७९ जेठ ४ गते ११:५६

नवलपरासी ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैंडाकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

नगरप्रमुखमा कांग्रेसका मदन भक्त अधिकारी १६,४५५ मतसहित निर्वाचित भए । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका छत्र राज पौडेलले १३,६०६ मत प्राप्त गरे । पौडेल गैंडाकोटका निवर्तमान प्रमुख हुन् ।

उप्रप्रमुखमा पनि नेपाली कांग्रेसकी शान्ती कोईराला १६,११४ मतसहित निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका तुलाराम पौडेलले ८,६४० मत पाए ।

Advertisement

तपाईको प्रतिक्रिया