स्याङ्जाको पुतलीबजारमा कांग्रेस विजयी

समाधान संवाददाता २०७९ जेठ ४ गते १३:४५

स्याङ्जा ।
स्याङ्जाको पुतलीबजार नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तुलसीराम रेग्मी विजयी भएका छन् । एमालेकी सीमा क्षेत्रीलाई २ हजार ४ सय ४ मतान्तरले हराउँदै रेग्मी मेयरमा निर्वाचित भएका हुन् । रेग्मीले १२ हजार ४ सय ९४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी क्षेत्रीले १० हजार ९० मत प्राप्त गरिन् ।

पुतलीबजारको उपमेयरमा कांग्रेसकै देवी अर्याल निर्वाचित भइन् । निवर्तमान उपमेयर समेत रहेका एमालेका महेश पुरीलाई उनले ९ सय ४७ मतले पछाडि पारिन् । अर्यालले ११ हजार ७ सय ४८ मत ल्याउँदा पुरीले १० हजार ७ सय ६१ मत प्राप्त गरे ।

तपाईको प्रतिक्रिया