तनहुँ व्यास ८ रिस्तिमा मतदान जारी
समाधान संवाददाता
२०७९ जेठ ४ गते १४:२२

सविन लामिछाने
तनहुँ ।
तनहुँ व्यासको वडा नम्बर ८ रिस्तिमा बुधबार उम्मेदवारलाई रोक लगाएर पुन मतदान जारी छ । वैशाख ३० गते भएको निर्वाचनमा धाँदली भएको भन्दै निर्वाचिन आयोगले बुधबार निर्वाचनको तोकेको थियो ।
बैशाख ३० गते मतदान अधिकृतको हस्ताक्षर भएका १०० मतपत्र च्यातिएसँगै मतदान स्थिगित भएको थियो । मतपत्र च्यातेकाे भन्दै मेयरका स्वतन्त्र उम्मेदवार दिपकराज जोशी माथि कांग्रेस कार्यकताले कुटपिट गरेका थिए । निर्वाचिन धाँदलि भएपछि निर्वाचन कार्यालयले पुन मतदान गरेकाे हाे ।
मतदानमा सुरक्षा परिचालन पहिलेको भन्दा बढि परिचालन गरिएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ । रिस्तिको गाविस भवन फेदीअन्तर्गत (क) मतदान केन्द्रमा ७ सय ५६ र (ख) मतदान केन्द्रमा ८ सय २० मतदाता रहेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया