पोखरा ५ मा एमालेको प्यानलै विजयी

समाधान संवाददाता २०७९ जेठ ४ गते १५:२९

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ५ मा एमाले उम्मेदवारको प्यानल नै विजयी भएका छन् ।


वडामा एमालेका विष्णु प्रसाद बराल नेतृत्वका टिम नै वडामा निर्वाचित भएका छन् । वडाध्यक्षमा विष्णुले १९ सय ७२ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।


कांग्रेसका प्रमोद कोइरालालाई विष्णुले ९ सय ७१ मतले पराजित गरेका हुन् । कांग्रेसका प्रमोदले १ हजार १ मत पाएका हुन् । वडाको खुला सदस्यमा गोविन्द्रप्रसाद शर्मा र मणिराम बराल निर्वाचित भएका छन् ।

Advertisement

त्यस्तै महिला सदस्यमा कल्पना कुमारी थापा निर्वाचित भएकी छिन् । भने दलित महिला सदस्यमा हरिमाया विश्वकर्मा निर्वाचित भएकी हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया