लमजुङको राइनासमा प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी

समाधान संवाददाता २०७९ जेठ ४ गते १६:३१

लमजुङ l
लमजुङको राइनास नगरपालिकाको प्रमुखमा कांग्रेस उम्मेदवार खड्गबहादुर गुरुङ विजयी भएका छन् । उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार पुष्पराज खनाल विजयी भएक छ्न । प्रमुखमा निर्वाचित गुरुङले ५ हजार ८ सय २६ मत ल्याएका छन् ।

उनका प्रतिद्वन्द्वी एमालेका सिंहबहादुर थापाले ४ हजार २ सय ४४ मत ल्याएका छन् । उपप्रमुखमा निर्वाचित खनालले ५ हजार ८ सय ८६ मत पाएका छन् । प्रतिद्वन्द्वी एमालेकी शोभा पन्थी (चिलुवाल)ले ३ हजार २ सय ३४ मत ल्याएकी छन् ।

राइनास नगरपालिकामा प्रमुखको उम्मेदवार बनेका राप्रपाका नरबहादुर पाण्डेले १ सय, मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङले ३५ र स्वतन्त्र भरत पराजुलीले २९ मत ल्याएका छन् । नगर उपप्रमुखको उम्मेदवार बनेका राप्रपाका सपना शाहीले १ सय ३ मत ल्याएकी छन् । स्वतन्त्रका जनकराज न्यौपानेले ५२ मत ल्याएका छन् । राइनास नगरपालिकाको वडा नम्बर ४, ६, ९ र १० कांग्रेसले वडाध्यक्ष जितेको छ । १, ५ र ७ माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ भने २ र ८ एमालेले जितेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया