स्थानीय तह
‘म भ्रष्टाचार गर्दिन , गर्न पनि दिन्न’ : अध्यक्ष लालचन
जोमसोम–
मुस्ताङको घरपझोङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मोहनसिंह लालचनले भ्रष्टाचार कसैलाई पनि क्षम्य नहुने उद्घोष गरेका छन् ।पहिलो गाउँसभा र नवनिर्वाचित दोश्रो गाउँसभाका सदस्यहरुबीच बुधबार भएको शुभकामना अनुभव आदान प्रदान र बिदाई कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लालचनले भ्रष्टाचार जस्तो जघन्य अपराधले पालिकाको विकासमा अवरोध पू¥याउने भएकाले सबै जनप्रतिनिधि र कर्मचारीहरुले सचेत भएर काम गर्नुपर्नेमा जोड दिए ।
नवनिर्वाचित अध्यक्ष लालचनले आफु राज्यको सेवा सुविधा र प्रलोभनले लोम्भिएर अध्यक्ष बनेको नभई जनताको सेवक भएर काम गर्न जनताले अनुमोदित गरेको स्पष्ट पारे । अध्यक्ष लालचनले आफु पनि भ्रष्ट्राचार नगर्ने र अरुलाई पनि भष्ट्राचार गर्न नदिने बताए । पालिकामा काम गर्ने कर्मचारीहरु राष्ट्र र जनताको सेवक भएकाले प्रशंसनीय कार्य गर्ने कर्मचारीलाई पालिकाले सम्मान गर्ने र भष्ट्राचार लिप्त कर्मचारीलाई खबरदारी गर्न आफुले कुनै कसुर बाँकी नराख्ने उल्लेख गरे ।
संघीयताको संक्रमणकालमा पनि पहिलो गाउँसभाले सकात्मक कार्यहरु गर्दै आईरहेको उल्लेख गर्दै अध्यक्ष लालचनले पहिलो गाउँसभाले गरेका काम र अधुरा योजनाहरुलाई पुरा गर्न आफ्नो सिङगो टिम अहोरात्र लागिपर्ने जनाए ।‘पहिलो गाउँसभाको अनुभव र सल्लाह सुभावलाई शिरोपर गर्नेछौं,कार्यसम्पादनको दौरानमा उहाँहरुको सुझावको अपेक्षा गर्दछौं,अध्यक्ष लालचनले भने,‘निर्वाचानको बेला पक्ष÷बिपक्ष देखिएपनि अब पालिकाको शिङ्गो एकै परिवारको खाँका निर्माण भएको छ ,अब जनताको घरदैलोमा पुगेर आवश्यक र औचित्यताको आधारमा बजेट खर्च गर्नेछौं ।’ पालिका अध्यक्ष लालचनले पहिलो कार्यकालमा भवन र सडक जस्ता पूर्वाधारमा खर्च भईसकेकाले दोश्रो कार्यकालमा अब शिक्षा,स्वास्थ्य,कृषि र पर्यटन विकासमा जोड दिने बताए ।
यस्तै,गाउँपालिकाकी नवनिर्वाचित उपाध्यक्ष जमुना थकाली थापामगरले पहिलो गाउँसभालाई बिदा गर्दा दुखको अनुभुती भएको बताईन् ।उनले पालिकाको लागि आफुहरुको टिम नयाँ भएकाले पालिकाको कार्यसम्पादन गर्ने गतिविधि बुझ्न केही समय लाग्ने भएकाले कर्मचारीहरुको सहयोग महत्वपूर्ण हुने जनाईन् ।पहिलो गाउँसभाको अनुभवले धेरै कुराहरु सहज बनाएको उल्लेख गर्दे पालिको समग्र विकासका लागि जनप्रतिनिधिले गर्ने काम ,कर्तब्य र अधिकारको बिषयमा गहन अध्ययन गर्ने जानकारी दिईन् ।उनले कर्मचारीहरु राष्ट्रको गहना भएकाले कर्मचारीहरु उर्जाशिल भएर लाग्न अनुरोध गरिन् ।
बिदाई कार्यक्रममा बोल्दै पहिलो गाउँसभाको निर्वतमान पालिका अध्यक्ष अध्यक्ष आशबहादुर थकालीले संघीयतापछिको पहिलो निर्वाचनपछि स्थानीय तहको कार्यसम्पादनमा बग्रेल्ती चुनौतीहरु रहेको स्मरण गरे । उनले पहिलो कार्यकालमा संघीयताको नया अभ्यास,कर्मचारी अभाव र कोरोना माहामारी आदी अवस्था रहेको भएपनि आफुहरुको कार्यकालमा अपेक्षा गरिएअनुरुपको सकारात्मक कार्यहरु भएको दावी गरे । उनले पहिलो कार्यकालमा ५ वटै वडामा भवन,पालिका भवन,सडक बाटो,पार्क,तटबन्ध निर्माण र शिक्षा,स्वास्थ्य,पर्यटन विकासका लागि आशा लाग्दो काम भएको जानकारी दिए ।
निर्वतमान पालिका उपाध्यक्ष शर्मिला गुरुङले उपाध्यक्ष पदमा रहेर काम गर्दा योजना अनुगमन,राजश्व,न्यायिकि समिति लगायतका बिषयमा काम गर्ने अवसर पाएको बताईन् ।उनले पालिकाको विकासका लागि पालिका गौरवको योजनाहरु पहिचान गरेर डिपिआर बनाउन सुझाईन् ।उनले पहिलो गाउँसभाले पालिकालाई डिजिटर सूचना मैत्री बनाएको जानकारी दिईन् । सो अवसरमा निर्वमान वडाध्यक्ष मानबहादुर बिकले पहिलो गाउँसभाले राम्रो काम गरेको र दोश्रो गाउँसभाले पनि राम्रो काम गरेर जनताको मन जित्न सुझाव दिए ।
बिदाई तथा अनुभव आदान प्रदान कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मोहनसिंह लालचन र उपाध्यक्ष जमुना थकालीले पहिलो गाउँसभाका सदस्यहरुलाई अबिर र खाँदा लगाएर बिदाई गरे ।
तपाईको प्रतिक्रिया