गण्डकी थापा बनिन् जिल्लाकै एक्ली पालिका प्रमुख

बागलुङ ।
बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी गण्डकी थापा निर्वाचित भएकी छन् । थापा ७ हजार २ सय ७३ मतसहित विजयी भएकी हुन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका राजनकुमार पाइजाले ५ हजार ७ सय मत ल्याएका छन् । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका भिमसेन वन विजयी भएका छन् । वनले ७ हजार १ सय ३ मत प्राप्त गर्दा नेकपा एमालेका मीना कुमारी रायमाझीले ५ हजार ७ सय २७ मत प्राप्त गरेकी छन् ।
कांग्रेसकी उम्मेदवार थापा जिल्लामै एक मात्रै महिला पालिका प्रमुख भएकी छन् । गत निर्वाचनमा समेत पालिकामा महिला पालिका निर्वाचित भएका थिइनन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा थापा नेकपा एमालेका मेहरसिंह पाइजासंग ५ सय ९२ मतले पराजीत भएकी थिइन् । पराजीत पाइजा निर्वतमान अध्यक्ष पाइजाका छोरा हुन् ।
१० वटा वडा रहेको पालिकामा नेकपा एमालेले ३, नेपाली कांग्रेसले ३, माओवादी केन्द्रले २ र राष्ट्रिय जनमोर्चाले २ स्थानमा विजय प्राप्त गरेका छन् । वडा नम्बर १ मा राष्ट्रिय जनमोर्चाका बोमबहादुर थापा, वडा नम्बर २ मा नेकपा एमालेका ढालप्रसाद शेरचन, वडा नम्बर ३ मा नेकपा एमालेका खड्कबहादुर पुन, वडा नम्बर ४ मा माओवादी केन्द्रका मिलन रेश्मी, वडा नम्बर ५ मा नेकपा एमालेका विष्णु प्रसाद आचाय, नम्बर ६ मा नेपाली कांग्रेसका वीरबहादुर केसी, वडा नम्बर ७ मा नेपाली कांग्रेसका दिपेन्द्र केसी, वडा नम्बर ८ मा नेकपा एमालेका यामबहादुर श्रीष थापा, वडा नम्बर ९ मा नेपाली कांग्रेसका कृष्णबहादुर केसी र वडा नम्बर १० मा माओवादी केन्द्रका विरेन्द्र कुमार बुढा विजयी भएका छन् ।








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया