अन्तर्घात छानबिन गर्न पहारीको चुनौती
मेरो कुनै रौं बराबर पनि कमजोरी फेला परेमा जुनसुकै सजाय भोग्न तयार छु: राजीव पहारी

पोखरा l
नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य राजीव पहारीले नियोजित रुपमा आफ्नो चरित्रहत्या गर्न खोजिएको दाबी गरेका छन् । उनले आफूविरुद्ध षड्यन्त्र रचिएको जिकिर गर्दै अन्तर्घातको विषयमा छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
बुधबार विज्ञप्ति निकालेर उनले भनेका छन्, ‘यस विषयमा पार्टीले छानबिन कमिटी बनाई सत्य तथ्य पत्ता लगाई यथार्थ विवरण सार्वजनिक गर्नसमेत अनुरोध गर्दछु । पार्टीको छानबिनमा मेरो कुनै रौं बराबर पनि कमजोरी फेला परेमा जुनसुकै सजाय भोग्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्दछु ।’
केही दिनअघि पोखरा महानगरमा एमालेबाट मेयर उम्मेदवार कृष्ण थापालाई हराउने योजना बनाइएको अडियो सार्वजनिक भएपछि पहारीले यस्तो स्पष्टिकरण दिएका हुन् । सो अडियोमा सांसद पहारीको सचिवालयमा रहेको भनिएका मनोज पहारीले गठबन्धनका उम्मेदवार धनराज आचार्यलाई जिताउन आचार्यका प्रतिनिधिसँग रकम माग गरेका छन् ।
सांसद पहारीले मनोज कहिल्यै आफ्नो सचिवालयमा नरहेको जनाउँदै गण्डकी प्रदेशसभा सचिवालयको रेकर्ड हेर्नसमेत आग्रह गरेका छन् । उनले विज्ञप्तिमा निराधार हल्ला र भ्रमको पछि नलाग्नसमेत अनुरोध गरेका छन् ।
पोखरा महानगरको जारी मतगणनामा एमालेका उम्मेदवार कृष्ण थापा गठबन्धनका उम्मेदवार आचार्यभन्दा पछि छन् । यसअघि मेयर, उपमेयरसहित दुई तिहाइ वडा जितेको एमाले मत परिणाममा यसपालि पछि देखिएको छ । मनोजको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल र समाचारहरुमा एमालेभित्रै अन्तर्घात हुँदा एमाले उम्मेदवार पछि परेको विश्लेषण भइरहेको छ । असम्बन्धित मान्छेले नाम उच्चारण गर्दैमा सत्य, तत्थ नबुझी हचुवाको भरमा समाचार सम्प्रेषण नगर्न उनले आग्रह गरेका छन् ।
सांसद पहारीले पार्टीप्रति इमान्दार र बफादार रही निरन्तर पार्टीको विजयका निम्ति खटिइरहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘पोखरा महानगरको निर्वाचनमा पार्टीको पक्षमा जित गराउनका लागि निर्वाचनसम्बन्धी जिम्मेवारी पूरा गर्न अहोरात्र लागिरहेकोे एउटा सिपाहीलाई मिथ्या कुराहरु जोडेर यसरी कपोलकल्पित आरोप लगाउनु मेरो चरित्रहत्या गर्ने प्रपञ्चबाहेक अरु केही होइन ।’
पहारीले अडियो प्रकरण आफूलाई कमजोर पार्ने मनसायले चालिएको कदम भएको जिकिर गरेका छन् । उनले भनेका छन्, ‘जिम्मेवारीमा नरहेका दुई व्यक्तिको निजी संवादलाई मुद्दा बनाएर राजनीतिलाई अपराधिकरण गर्ने यस्ता प्रवृतिप्रति सजगता अपनाउन र यस्ता अफवाहको पछि नलाग्न समग्र पार्टी पंक्ति र मेरा शुभचिन्तकसमक्ष म हार्दिक अपिल गर्दछु ।’








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया