स्थानीय तह

बिद्यार्थीलाई बार्षिक १ लाख छात्रवृद्धि दिने वारागुङ गापाको निर्णय

समाधान संवाददाता २०७९ जेठ ५ गते १३:३८
फोटो ः गाउँपालिकाको पदभार ग्रहण गर्दै पालिका अध्यक्ष रिङजीन नामगेल गुरुङ ।

जोमसोम–मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले एसईई उतिर्ण ५ जना बिद्यार्थी १ लाख रुपैया छात्रवृद्धि दिने निर्णय गरेको छ ।स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित गाउँपालिका अध्यक्ष रिङजीङ नामगेल गुरुङले गाउँपालिका भित्रका गरिव,विपन्न तथा दलित समुदायका बिद्यार्थीले आर्थिक सहयोग स्वरुप जनही १ लाखको दरले छात्रवृद्धि दिने निर्णय गरेका हुन् ।
बुधबार गाउँपालिकाको पदभार ग्रहण तथा पालिकाको पहिलो बैठकमा अध्यक्ष गुरुङले आर्थिक अभाव पिल्सिएका गरिब,विपन्न तथा दलित समुदायका बिद्यार्थी उच्चशिक्षा अध्ययन गर्न बञ्चित हुनुपर्ने अवस्था बिद्यमान रहेकाले उनीहरुलाई शैक्षिक भविष्य प्रदान गरी आत्मनिर्भर बनाउन गाउँपालिकाको कर्तव्य हुने बताए ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहिलो बैठकले बिद्यार्थीलाई १ लाख छात्रवृद्धि दिने निर्णयसहितको विभिन्न ४ बुँदै निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जितबहादुर रानाले जानकारी दिए । पालिकाको पहिलो बैठकले गाउँपालिका भित्रका नागरिकको नागरिकताको अभिलेख व्यवस्थित गर्न पालिकामा रहेका सबै घरधुरीहरुको मुख्य व्यक्तिको नागरिकताको प्रतिलिपी संकलन गरी वडा र पालिकाभित्र नागरिकता बैक स्थापना गर्ने निर्णय गरेको उनले बताए ।
वारागुङ मुक्तिक्षेत्रले पालिका भित्र बसोबास गर्ने अशक्त,असहाय,,विपन्न एवं दलित वर्गको औषधि उपचार निशुल्क पालिकाले व्यवस्था मिलाउने र स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रुपले संञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै,वारागुङ मुक्तिक्षेत्र गाउँपालिका पर्यटन र कृषि र प्रचूर सम्भावना रहेकाले पालिकाभित्र कृषि तथा पशु फार्म अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिए । उनका अनुसार वारागुङ मुक्तिक्षेत्रको १९ वटै गाउँहरुमा १÷१ वटा कृषि तथा पशु फार्म दर्ता गराई आगामी बजेट कार्यक्रममा समेट्ने निर्णय भएको हो ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका कृषि र पशुपालनले महत्वपूर्ण भएकाले यसको प्रर्वद्धन गर्दै यहाका किसानको आर्यआर्जन वृद्धि गर्न यस्तो निर्णय गरिएको नवनिर्वाचित अध्यक्ष रिङजीन नामगेल गुरुङले बताए ।उनले जनताको चाहना र पालिकाको विकासका लागि आगामी बजेट केन्द्रित रहने उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया