ज्येष्ठ नागरिकलाई सम्मान

पोखरा l
पोखरा महानगरपालिका वडा नम्बर २८ को वडा कार्यालयले वडाका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । कार्यक्रममा ५ वर्षे कार्यकालमा विषयगत क्षेत्रमा उत्कृष्ट काम गर्ने १० कर्मचारीलाई पनि प्रोत्साहन स्वरुप सम्मान गरिएको वडा अध्यक्ष निर्मल दियालीले जानकारी दिए ।
समारोहमा वडाका चालु शीर्षक कार्यक्रम अन्तर्गत ८० वर्ष माथिका ४५ ज्येष्ठ नागरिकलाई नगदसहित सम्मानपत्र प्रदान गरियो । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले महानगरले संघीय सरकारले उपलब्ध गराएकोबाहेक १० प्रतिशत थप गरी ज्येष्ठ नागरिकलाई भत्ता वितरण गरेको बताए । वडा अध्यक्ष दियालीले लक्षित समूहको बजेटले समग्र ज्येष्ठ नागरिकको हकहितका लागि काम गरेको उल्लेख गरे । उनले कोभिड १९ को प्रकोपको अवधिमा स्वास्थ्यको क्षेत्रमा काम गर्ने कर्मचारीलाई सम्मान गरेको बताए ।
समारोहमा कार्यक्रम संयोजक तथा वडा सदस्य विष्णुप्रसाद तिवारी, वडा सदस्य अम्बिका बुढाथोकी, वडा सचिव सूर्य सुवेदी लगायतले ज्येष्ठ नागरिकको सवालमा बोलेका थिए ।








राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया