तनहुँको व्यासमा प्रमुखमा स्वतन्त्र र उपप्रमुखमा एमालेको अग्रता

समाधान संवाददाता २०७९ जेठ ५ गते १६:२६

तनहुँ ।
तनहुँको व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएका छन् । हालसम्म गणना भएकामध्ये स्वतन्त्र उम्मेदवार जोशीले एक हजार ३१६ मत प्राप्त गरेका छन् ।

प्रतिस्पर्धी नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले ८६१ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेकपा एमालेका बसुन्धरा घर्तीले अग्रता लिएकी छन् । घर्तीले एक हजार ३४ मत प्राप्त गरेकी छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्दिरा दरैले ९६५ मत प्राप्त गरेकी छन् । चौध वडामध्ये व्यासका वडा नं १, २, ३ र ४ को मतगणना भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया