विवेकशील साझाले जित्यो गाउँपालिका अध्यक्ष, उपाध्यक्ष

वीरगञ्ज ।
विवेकशील साझा पार्टी बाराको फेटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा विवेकशील साझाका उम्मेदवार रुस्तम अन्सारी विजयी भएका हुन् । उनी ४ हजार ४ सय ८५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी गाउँपालिकाका निवर्तमान अध्यक्ष एमालेका उम्मेदवार अमिरी लाल प्रसादले २ हजार ३ सय ९९ मत प्राप्त गरे ।
लोकतान्त्रिक समाजवादी पार्टीका सञ्जय चौहानले १ हजार ९ सय ८६ मत ल्याएर तेस्रो स्थानमा चित बुझाए । गाउँपालिकाको उपाध्यक्षमा पनि विवेकशील साझा पार्टीकी निलम साह विजयी भएकी छन् । उनी ३ हजार ५ सय ७० मत ल्याएर उपाध्यक्षमा निर्वाचित भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी कमरुन खातुनले २ हजार ३ सय ३३ मत प्राप्त गरिन् ।
लोसपाकी बेनजिरा खातुनले १ हजार ७ सय ९५ मतका साथ तेस्रो स्थान प्राप्त गरिन् । कुल ७ वटा वडा रहेको गाउँपालिकाको वडा नम्बर ३ र ६ मा विवेकशील साझा पार्टीले वडाध्यक्ष पनि जितेको छ । वडा नम्बर १ र ५ मा जनता समाजवादी पार्टीले वडाध्यक्षमा बाजी मारेको छ । वडा नम्बर २ मा एमाले र ७ मा लोसपाका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।
नेपाली कांग्रेसले गाउँपालिकाको अध्यक्षको टिकट दिए पनि अन्सारीले त्यसलाई फिर्ता गरेका थिए । उनले गाउँपालिकाको वडाध्यक्षमा टिकट दिने कार्यमा अनियमितता भएको भन्दै गाउँपालिका अध्यक्षको टिकट फिर्ता गरेका थि ए। पछि उनी विवेकशील साझा पार्टीमा प्रवेश गरी अध्यक्षमा चुनाव लडेका हुन् ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया