सस्तो इन्टरनेट प्याकेज

समाधान संवाददाता २०७९ जेठ ६ गते १५:३३

पोखरा ।
वल्र्ड लिंक कम्युनिकेसन्स लिमिटेडले बुधबारदेखि लागू हुने गरी ३ हजार ३ सय रुपैयाँमै २०० एमबीपीएसको तीन महिने इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । नेट टिभी प्रयोग नगर्ने ग्राहकलाई लक्षित गर्दै यो सस्तो दरको इन्टरनेट प्याकेज ल्याइएको हो ।

ग्राहकका लागि यो प्याकेज बजारमा उपलब्ध भएकामध्ये सर्वसुलभ विकल्प भएको कम्पनीको दाबी छ । यो प्याकेज लिन चाहने ग्राहकलाई इन्टरनेट जडान, केबल र डुअल ब्यान्ड राउटर निःशुल्क गरिएको छ । राउटरका लागि १ हजार रुपैयाँ डिपोजिट राख्नुपर्ने हुन्छ ।

कम्पनीका अनुसार राउटर डिपोजिट र इन्टरनेट शुल्कबाहेक ग्राहकले थप अन्य कुनै पनि शीर्षकमा शुल्क तिर्नु पर्दैन । यो नयाँ प्याकेजबाट विशेषगरि नेटटिभी आवश्यक नपर्ने ग्राहक लाभान्वित हुने विश्वास कम्पनीको छ । यसका लागि ग्राहकले ५ डिभाइसमार्फत कम्पनीका १४ हजारभन्दा बढी वाईफाई हटस्पटमा अनलिमिटेड डेटा चलाउन सकिने ‘वाइफाइ मोबिलिटी’ को सुविधा पाउनेछन् । यसका साथै ‘तुरुन्तै सर्भिस ग्यारेन्टी’ को रुपमा इन्टरनेटमा समस्या आउँदा २ घण्टाभित्र समाधान नभए थप २ दिनको इन्टरनेट सुविधासमेत उपलब्ध हुनेछ ।

Advertisement

यसबाहेक ‘टाइम ब्याक’ अर्थात् इन्टरनेट अवरुद्ध भएको समयसमेत थप हुने कम्पनीले जनाएको छ । यो प्याकेज विद्यमान ग्राहकका लागि समेत उपलब्ध छ । गुणस्तरीय सेवा कायम गर्दै ग्राहकका लागि सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट उपलब्ध गराउन लागिपरेको कम्पनीले बताएको छ । नेटटिभी आवश्यक पर्ने ग्राहकले भने ४ हजार ५० रुपैयाँमा कम्पनीको २०० एमबीपीएसको ३ महिने प्याकेज लिन सक्नेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया