मुस्ताङको थासाङमा ऐतिहाँसिक ‘नरसाङ’ गोम्पा पून निर्माण उद्घाटन

समाधान संवाददाता २०७९ जेठ ६ गते १७:००

जोमसोम–

मुस्ताङ थासाङ गाउँपालिका–२ कोवाङ खन्ती स्थित ऐतिहाँसिक नरसाङ गोम्पा पुन निर्माणकार्य सम्पन्न भएको छ ।२०६१ सालदेखि नरसाङ गोम्पाको पुननिर्माण सुरु गरिएको थियो । गण्डकी प्रदेशका सांसद एवं नेकपा एमाले मुस्ताङ जिल्ला ईञ्चार्ज चन्द्रमोहन गौचनले एक समारोहकाबीच पूननिर्मित गोम्पाको उद्घाटन गरे ।
सदियौंवर्ष पुरानो एतिहाँसिक तथा धार्मिक गोम्पा खन्ती माथिको पश्चिमतर्फको थुम्कोमा अवस्थित छ । पुननिर्माण अघि पर्यटन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागले नरसाङ गोम्पा जोखिममा रहेको र गोम्पालाई पुननिर्माण गर्नुपर्ने सल्लाह दिएपछि थाकसातयक्षेत्रका थकालीहरुलाई गोम्पा पुननिर्माणमा जोड दिएका थिए ।
नरसाङ गुम्पा पुननिर्माणका लागि गोम्पा संरक्षण तथा व्यवस्थापन समिति समेत गठन गरिएको थियो । समितिको पहलमा थाकसातसय क्षेत्रका विभिन्न व्यक्तिहरुबाट आर्थिक सहयोग संकलन तथा गण्डकी प्रदेशको बिशेष अनुदान,स्थानीय तह र साविक जिल्ला विकास समितिको सहयोगमा गोम्पाको पुननिर्माण तथा रेलिङसहितको सिंढी बाटो निर्माण गरिएको नरसाङ गुम्पा संरक्षण तथा व्यवस्थापन समितिका सचिव अशोक गौचनले जानकारी दिए ।उनका अनुसार नरसाङ गोम्पा पुननिर्माणका लागि २ करोड ७५ लाख ८४ हजार संकलन गरिएको थियो । जसमा १५ हजारदेखि ५२ लाख रुपैयासम्म चन्दा दिने ९७ जना र १५ हजारदेखि तल चन्दा दिने १८७ जना रहेको समितिका सचिव गौचनले उल्लेख गरे ।यस्तै गोम्पा सरक्षण तथा व्यवस्थापनका लागि रेलिङसहितको सिंढी बाटो निर्माण गर्न गण्डकी प्रदेशले आ.व.०७६÷०७७ मा ५ लाख र आ.व.२०७७÷०७८ मा ४० लाख बजेट दिएको थियो । ऐतिहाँसिक तथा धार्मिक महत्वको नरसाङको गोम्पाको लागि उठेका चन्दा मध्ये २ करोड ६३ लाख ५१ हजार खर्च भएको समितिका कोषाध्यक्ष ईन्दुप्रकाश गौचनले जानकारी दिए ।
यस्तै,नरसाङ गोम्पाका लागि १० जना व्यक्तिले लाखौं मुल्य बराबरको जिन्सी सामान प्रदान गरेका थिए । नरसाङमा जिन्सी सामान दान गर्नेहरुले सुनको बाला,सुनको चश्मा,तामा ,सुन चाँदी,मुगा लगायतका सामाग्री चढाएका छन् ।
नरसाङ गोम्पा पुननिर्माणको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद चन्द्रमोहन गौचनले थाक सातसय क्षेत्रको गौरव नरसाङ गुम्पा भएकाले यसको दिगो सरक्षण गर्नुपर्नेमा जोड दिए ।उनले धार्मिक सम्पदा सरक्षणले पर्यटन र धार्मिक पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने भएकाले गुम्पा सरक्षण र व्यवस्थापनमा पारदर्शीता हुनु पर्ने जनाए । थकाली सेवा समितिका केन्द्रिय उपाध्यक्ष शान्ति तुलाचनले भक्तजनहरुको सहजताका लागि गोम्पा व्यवस्थापन राम्रो तुल्याउन आवश्यक रहेको औल्याईन् ।नरसाङ गोम्पा संरक्षण तथा व्यवस्थापन समितिकी अध्यक्ष सुवर्ण गौचनले ऐतिहाँसिक तथा धार्मिक महत्वको गोम्पा पूननिर्माणमा सहयोग पू¥याउने चन्दा दाताहरुलाई धन्यवाद व्यक्त गर्दै गोम्पा सरक्षणमा निरन्तर सहयोग पाउँने अपेक्षा व्यक्त गरिन् ।
गुम्पा पूननिर्माण उद्घाटनमा १ लाखदेखि माथि आर्थिक सहयोग गर्ने चन्दा दाताहरुलाई सम्मानपत्रसहित गण्डकी प्रदेशका सांसद चन्द्रमोहन गौचर र समितिकी अध्यक्ष सुवर्ण गौचनले खाँदा लगाएर सम्मान व्यक्त गरे ।
नरसाङ गुम्पा गुरु पद्यसम्भवको ईतिहाँससंग जोडिएको छ ।तिब्बतमा गोम्पा निर्माण गर्दा राक्षसले अवरोध सृजना गरेको र गुम्पा निर्माणको असहज परिस्थितीको सामान गर्न पद्यसम्भवलाई तिब्बत झिकाईएको थियो । अलौकिक क्षमता भएका पद्यसम्भव तिब्बती आउने क्रममा थासाङको गुरुसाङ्वो गुफामा ध्यान बसेको भन्ने धार्मिक किवंदन्ती छ ।सो गुफामा बस्दा गुरु पद्यसम्भव अनेक अनेक रुपमा प्रकट हुने गथ्र्ये । एकदिन मृगको रुप धारण गरेका पद्यसम्भवलाई थाकसातसयक्षेत्रका शिकारीले घेराबन्दी गरे । त्यसपछि मृगको रुप धारणा गरेका पद्यसम्भव देवीको रुपमा प्रकट भए । देवीको रुपमा प्रकट भएकी पद्यसम्भवले शिकारीहरुले आफु मृग नभई देवीको स्वरुप भएको र मलाई यसै क्षेत्रको अग्लो थुम्कोमा बिराजमान गराउनु र त्यहा लैजादा बाटोमा बिधवा महिलाले नदेखोस भनेका थिए । तर,देवीलाई अग्लो धुम्कोमा लैजादा बाटोमा बिधवा मलाई भेटिएकाले देवीले मुन्टो मर्काएर धत्तेरी भनी मुन्टो मर्काएकाले देवीको मुन्टो बाङ्गो हुन पुगेको थाकसातसय क्षेत्रका संरक्षक हेमन्त गौचनले बताए ।उनका अनुसार मृगको रुपमा धारण गरेकी देवीलाई ल्ह नरित्ह्योव देवको रुपमा पुकार्ने गरिएको हो ।थाक सातसय क्षेत्रका थकालीले नरिच्ह्योवलाई ईष्टदेवको रुपले लिएर पुजाआजा गर्ने गर्छन् । मृगको रुपमा शिकारीको फन्दामा परेका महागुरु देवी नरिच्ह्योवलाई नरसाङ गुम्पामा विराजमान गराएको हो । नरिच्ह्योवीको पुजा आरधना गर्नाले भक्तजनहरुको मनोकामना पुरा हुने विश्वाश छ ।

Advertisement

तपाईको प्रतिक्रिया