पोखरा ८ मा एमालेको प्यानलनै विजयी

समाधान संवाददाता २०७९ जेठ ६ गते १७:२४

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ८ मा एमालेका उम्मेदवारको प्यानल नै विजयी भएको छ । रुद्रनाथ बराल नेतृत्वको टोली वडामा निर्वाचित भएको हो ।

वडाध्यक्ष बरालले २१ सय ४० मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले कांग्रेसका शारदा गिरीलाई पराजित गरे । गिरीले १४ सय ८८ मत प्राप्त गरिन् । भने, वडासदस्य गोविन्द्र बराल, हिराकाजी श्रेष्ठ, पवित्रा पौडेल, लक्ष्मि विक निर्वाचित भएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया