कोवाङ खन्तीको ओमविकास चोकमा सम्मान स्वरुप राष्ट्रिय झन्डा

समाधान संवाददाता २०७९ जेठ ६ गते २०:३४
राष्ट्रिय झण्डातोलन गर्दै प्रदेश सांसद चन्द्रमोहन गौचन

जोमसोम–

तत्कालीन सांसद एवं समाजसेवी ओमविकास र देउकुमारी गौचनको शालिक नजिक सम्मान स्वरुप नेपालको राष्ट्रिय झन्डा राखिएको छ । गण्डकी प्रदेशका माननीय सांसद एवं नेकपा एमाले मुस्ताङ जिल्ला ईञ्चार्ज चन्द्रमोहन गौचनले एक समारोहकाबीच बिहिबार स्वः गौचन दम्पतीको शालिक नजिक राष्ट्रिय झण्डातोलन  गरे ।
काठमान्डौं निवासी समाजसेवी अम्विका गौचनको परिकल्पना बमोजिम तत्कालीन सांसद ओमविकास गौचन र देउकुमारी गौचनको शालिकमा राष्ट्रिय झन्डा राखिएको ओमविका तथा देउकुमारी स्मृति प्रतिष्ठानकी अध्यक्ष शवी गौचन शेरचनले जानकारी दिईन् ।

आजको करिव १६ वर्षअघि थासाङको सौरुमा तत्कालिन सांसद गौचन दम्पतीको हत्या भएको थियो ।तत्कालिन सांसद ओमविकास गौचनले मुस्ताङको राजनितिक र सामाजिक क्षेत्रमा अपुरणीय योगदान पू¥याएका थिए । आफ्ना बुवा तत्कालिन सासद गौचनको योगदानको मूल्यांकन गर्दै छोरी शवी गौचनले प्रतिष्ठान मार्फत रचनात्मक र सृजनात्मककार्य गर्दैआईरहेकी छिन् ।
शालिक नजिक झण्डातोलन  गर्दै प्रदेश सांसद चन्द्रमोहन गौचनले तत्कालिन सांसद ओमविकास गौचन राजनितिक पथ प्रर्दशक भएको बताए । उनले स्वर्गीय गौचन शिक्षा र कृषिका साथै जिल्लाको राजनितिक अगुवा भएको टिप्पणी गरे ।

Advertisement

राष्ट्रिय झण्डाका परिकल्पनाकार अम्बिका गौचनले महत्वपूर्ण स्थान र विशिष्ट ठाउँमा राष्ट्रिय झण्डातोलन अभियान सुरु गरेको बताए । स्मृति प्रतिष्ठानकी अध्यक्ष शवी गौचन शेरचनले राष्ट्रिय झण्डातोलनले  दिवंगत पिताप्रति सच्चा सम्मान भएको आफुले अनुभुती गरेको बताईन् ।

Advertisement

तपाईको प्रतिक्रिया