पोखरा १४ मा कांग्रेस विजयी

समाधान संवाददाता २०७९ जेठ ७ गते १३:०९

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १४ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका बोधबहादुर कार्की ३ हजार २ सय ९० मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका डेलबहादुर गुरुङलाई दोब्बर मतले पराजीत गरेका हुन् ।

महिला सदस्यमा कांग्रेसकी दिलमाया गुरुङ, दलित महिला सदस्यमा कांग्रेसकै तनुजा सार्की विजयी भएका छन् । खुला सदस्यमा कांग्रेस र एमालेबाट १-१ जना विजयी भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया