पोखरा २८ मा कांग्रेसका श्रीकृष्ण लामिछाने वडाध्यक्षमा निर्वाचित

समाधान संवाददाता २०७९ जेठ ७ गते १३:२६

समाधान संवाददाता
पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २८ मा नेपाली कांग्रेसका उम्मेदवार श्री कृष्ण लामिछाने वडाध्यक्षमा निर्वाचित भएका छन् । लामिछानेले १६ सय ५८ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका वैनबहादुर गुरुङले १५ सय ६ मत ल्याए । वडा सदस्यमा कांग्रेसका कमल थापा र एेमालेका विरेन्द्र भण्डारी निर्वाचित भएका छन् । महिला सदस्यमा कांग्रेसका डाल्डादेवी भुजेल दलित महिला सदस्यमा कांग्रेसकै इन्द्रकला कामी वडासदस्यमा निर्वाचित भएकी छन् ।

तपाईको प्रतिक्रिया