तनहुँको भानुमा कांग्रेसको वर्चश्व

पोखरा ।
तनहुँको भानु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । शुक्रबार घोषित मत परिणामअ नुसार नगर प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे चुनिए ।
त्रिपाठीले १२ हजार २ सय ५२ मत प्राप्त गरी विजयी हुादा प्रतिस्पर्धी नेकपा (एमाले)का सीताराम बजगाईंले ९ हजार ४३ मत प्राप्त गरेको निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए ।
उपप्रमुखमा गोतामे १० हजार ५ सय ४७ मत प्राप्त गरी विजयी बन्दा प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले ५ हजार ८ सय १७ मत प्राप्त गरे । ४० हजार ९ सय ६६ मतदाता रहेको भानुमा २५ हजार ५ सय ७२ मत खसेको थियो ।
१३ वडामध्ये कांग्रेसले ९, एमालेले २ र स्वतन्त्रले २ वडामा विजय हासिल गरेको छ । भानु १ को वडाध्यक्षमा कांग्रेसका कान्छीमाया तामाङ, वडा नं २ को अध्यक्षमा एमालेका केशव त्रिपाठी, ३ को अध्यक्षमा कांग्रेसका तुलकुमार गुरुङ, ४ को अध्यक्षमा कांग्रेसकै अर्जुनबहादुर बोहोरा, ५ को अध्यक्षमा कांग्रेसका नहकुल अधिकारी, ६ को अध्यक्षमा कांग्रेसका धीरेश खनाल चुनिएका छन् ।
७ को अध्यक्षमा कांग्रेसका खुमप्रसाद श्रेष्ठ, ८ को अध्यक्षमा कांग्रेसका ईश्वरबहादुर घिमिरे, ९ को अध्यक्षमा एमालेका मिन गुरुङ, १० को अध्यक्षमा कांग्रेसका हरिहर उप्रेती, ११ को अध्यक्षमा स्वतन्त्रका विमलराज जोशी, १२ को अध्यक्षमा कांग्रेसका बेलबहादुर अधिकारी र १३ को अध्यक्षमा स्वतन्त्रका कृष्णबहादुर अधिकारी विजयी बनेका छन् ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया