व्यासको मेयरमा कडा प्रतिष्पर्धा, १२ मतकाे अन्तर

समाधान संवाददाता २०७९ जेठ ७ गते १५:४५

दमौली ।
सुरुवातदेखि नै स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले मेयर पदमा अग्रता लिइरहेका छन् । वडा नम्बर ९, १० र ११ को मतगणनापछि जोशी र नेपाली कांग्रेसका उम्मेदवार बैकुण्ठ न्यौपाने बिच मतान्तर १२ मा पुगेको छ । यतीबेला भने न्यौपानेले अग्रता लिएका छन् । व्यास नगरपालिकाको मेयरको प्रतिष्पर्धा निकै पेचिलो बनिरहेको छ ।
वडा नम्बर ९, १० र ११ मा मतगणना जारी छ । वडा नम्बर १२, १३ र १४ को मत गन्न बाँकी छ ।

निकै कडा प्रतिष्पर्धा भैरहेकाले अहिले यसै भन्न नसकिने भए पनि कांग्रेस र स्वतन्त्र उम्मेदवार दुवै पक्षले जितको अनुमान लगाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया