कार्यपालिका निर्वाचन : घरपझोङ र थासाङमा कांग्रेस–एमालेको टक्कर ,के होला नतिजा ?

जोमसोम–स्थानीय तह सदस्य निर्वाचन सकिए लगत्तै हिमाली जिल्ला मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिकामा कार्यपालिका निर्वाचनको प्रक्रिया अघि बढाईएको छ । घरपझोङ र थासाङ गाउँपालिका शुक्रबार नेकपा एमाले ,कागे्रस,राप्रपा,माओवादी केन्द्र र एकिकृत समाजवादीले मनोनयपत्र दर्ता गराएका छन् । घरपझोङ र थासाङमा कार्यपालिका निर्वाचन जेठ १३ गते हुने जनाईएको छ ।
स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्षसहित १२ पद जितेको छ । नेकपा एमाले दुई वडाध्यक्षसहित ११ पद जितेको थियो । यस्तै, राप्रपाले २ ,माओवादी केन्द्रले १ र एकिकृत समाजवादीले १ पद जितेको थियो ।गाउँपालिकाको कुल २७ पद मध्ये सबै सदस्यले निर्वाचनमा भाग लिएको अवस्थामा कार्यपालिका सदस्यमा निर्वाचित हुन १४ जना सदस्य आवश्यक पर्ने हुन्छ । तर घरपझोङमा कांग्रेस र एमालेको १४ जना सदस्य अपुग हुने हुदा राजनितिक समिकरण आवश्यक पर्ने देखिएको हो ।
कार्यपालिका सदस्यका लागि उम्मेदवार हुन गाउँसभामा निर्वाचित ४ जना महिला र गाउँसभाले निर्वाचित गराउने २ जना दलित वा अल्पसंख्यक सदस्य कार्यपालिकामा आउने पाउँने व्यवस्था गरिएको छ । मुस्ताङको घरपझोङमा कार्यपालिका सदस्य निर्वाचनका लागि कांग्रेस,माओवादी केन्द्र र समाजवादीको तालमेल हुने देखिएको छ । कांग्रेसबाट महिलातर्फ लक्ष्मीकुमारी थकाली र सरिता नेपालीले उम्मेदवारी दिएकी छिन् । माओवादी केन्द्र र समाजवादीबाट जैकला विक र दुर्गादेवी रसाईलीले कार्यपालिका सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् ।कांग्रेसबाट दलित र अल्पसंख्यक सदस्यतर्फ राजुप्रसाद लालचन र सुरेन्द्र थकालीले उम्मेदवारी दिएका छन् ।
यस्तै,नेकपा एमालेले पनि ४ महिला र १ दलित वा अल्पसंख्यक सदस्य कोटामा कार्यपालिका सदस्य हुन उम्मेदवारी दिएका छन् । अल्पसंख्यक कोटामा एमालेबाट भीषण थकाली र राप्रपाकी कमला लालचन अधिकारीले कार्यपालिका सदस्यका लागि उम्मेदवारी दिएको प्रमुख प्रशासकीय अधिकृत गौरीनाथ आचार्यले जानकारी दिए । घरपझोङमा कार्यपालिका समिकरण हेर्दा कांग्रेस प्यानलबाट माओवादी र समाजवादीको सदस्य जोड्दा १४ मत हुन्छ भने एमाले प्यानलबाट राप्रपाको मत जोड्दा १३ पुग्छ ।
कांग्रेस र एमाले अलग अलग प्यानलबाट निर्वाचन हुँदा कांग्रेस प्यानल बिजयी हुन अवस्था देखिन्छ । यद्यपी गाउँसभाका २७ जना सदस्य मध्ये कुनै उम्मेदवारहरुका लागि मत फरक ढंगले विभाजित हुँदा वा अनुउपस्थित रहदा कार्यपालिकाको निर्वाचन परिणाम फरक ढंगले आउनसक्ने अनुमान गरिएको छ । कांग्रेसले गठबन्धन जोगाउन सकेमा प्यानल बिजयी हुनेछ भने एमालले कुनै सदस्यलाई तान्न सके पनि बराबरीको अवस्था रहन्छ ।
यस्तै,मुस्ताङको थासाङ गाउँपालिकामा पनि कार्यपालिका सदस्य निर्वाचन रोचक हुने अनुमान गरिएको छ ।थासाङमा नेकपा एमाले पालिका अध्यक्ष र १ वडाध्यक्षसहित १४ सदस्य जितेको छ । कांग्रेसले पालिका उपाध्यक्ष र ४ वडाध्यक्षसहित १३ सदस्य जितेको छ ।थासाङमा नेकपा एमाले र कांग्रेसले ४ महिला सदस्य र २ दलित वा अल्पसंख्यक सदस्य गरी ६–६ पदमा उम्मेदवारी दर्ता गराएको प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र सुवेदीले जानकारी दिए ।
एमालेबाट किपल थकाली, दिलकुमारी नेपाली,देवचन्द्र शेरचन, पदमिनी विक,विक्रम गौचन र हिमा विकले कार्यपालिका सदस्यका लागि उम्मेदवारी दिएका छन् । यस्तै,कांग्रेसबाट जिनमती सिङजाली मगर,तिलकुमारी नेपाली,दविका विक,राधिका सार्की,विमला तुलाचन र सुर्ज गौचनले कार्यपालिका सदस्यका लागि उम्मेदवारी दिएको प्र्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।
थासाङमा नेकपा एमाले र कांग्रेसका मात्रै गाउँसभामा निर्वाचित भएका हुन् । दुबै पार्टीको १३ र १४ मत हुँदा १ मतको मात्र फरक छ । १ मतले पछि परेको कांग्रेसले नेकपा एमालेको मत आफुले पाउँने अपेक्षा गरी ६ वटै पदमा उम्मेदवारी दिएको हो ।
दुबै पालिकामा १–१ मतको फरक रहदा कार्यपालिका निर्वाचनमा कुन सदस्यले कार्यपालिका निर्वाचन जित्नसक्छन भन्ने अवस्था निर्वाचनपछि मात्र निक्र्योल गर्न सकिने छ ।
गाउँ सभाका कुनै एक सदस्य १३ गते हुँने मतदानमा अनुउपस्थित रहदा बराबरी हुने र एक जना सदस्यले एमालेबाट कांग्रेसमा क्याम्प परिवर्तन गरे मात्र कांग्रेसको जीत हुने अवस्था रहन्छ । नेकपा एमालेले आफ्नो मत सुरक्षित राख्न सकेमात्र ६ वटै सदस्यलाई कार्यपालिका जिताउन सहज हुन्छ ।
थासाङमा केन्द्र कहाँ राख्ने भन्ने विवाद अझै सुल्झिएको छैन । नेपाल सरकारको राजपत्रमा पालिकाको केन्द्र कोवाङमा रहने जनाईएपनि यसमा मुद्धा परेपछि गाउँपालिकाको भवन निर्माणको काम समेत हुन सकेको छैन । पार्टी गत हिसाबले नभई क्षेत्र गत हिसाबले कार्यपालिका निर्वाचनमा मत विभाजित हुने अवस्था रहे अपेक्षा गरिए भन्दा फरक नतिजा आउन सक्छ ।
स्थानीय तहको गाउँसभाबाट कार्यपालिका सदस्यका अध्यक्ष,उपाध्यक्ष र ५ जना वडाध्यक्ष स्वतः कार्यपालिका सदस्य हुने व्यवस्था छ । यस्तै कार्यपालिकाको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृतलाई सदस्य सचिवमा राख्ने प्रावधान छ । निर्वाचित ६ जना ,गाउसभाका ७ र प्रशासकीय गरी १४ जनाको कार्यपालिका सदस्य बन्दछ ।






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया