‘अब त अति भो, नबोल्दा क्षति भो’ भन्दै पोखरामा महिला हिंसा विरुद्ध प्रदर्शन (फोटो फिचर)

युनिश गुरुङ
पोखरा ।
शनिवार दिउँसो टन्टलापुर घामको पर्वाह नगरी एक हूल युवाहरु पोखराको मानव अधिकार चोकमा जम्मा भए । हातमा प्लेकार्ड बोकेर एक पछि अर्को युवा थप्दै गए । विस्तारै ठुलो भिडमा परिणत भयो । सहभागी मध्ये अधिकांश भन्दा बढी युवतीहरु थिए ।

त्यसपछि भिडबाट एउटा युवती कराइनु अब त अति भो, नबोल्दा क्षति भो। भिडले उनलाई साथ दिँदै नारा लगाए ‘अब त अति भो, नबोल्दा क्षति भो’ ।

खासमा यो दृश्य बलात्कारको शिकार भएको भनिएकी एक युवतीको समर्थनमा निकालिएको दबाबमुलक प्रदर्शनको हो । रेग्मी थरकी एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको दौरानमा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि युवाहरू बलात्कारीलाई कारबाही गर्न भन्दै प्रदर्शनमा उत्रिएका हुन् ।

उनले भिडिओ मार्फत आफू १६ वर्षको नाबालिग हुँदा ८ वर्षअघि काठमाडौंको एक होटलमा कार्यक्रम आयोजकले बेहोस हुने पेय पदार्थ खुवाएर बलात्कार गरेको बताएकी थिइन् । सामाजिक सञ्जालको फेसवुक ग्रुप वुमेन्स रुम रिलोडेटले आयोजना गरेको दबाब मुलक कार्यक्रममा स्वतस्फुर्त भएर सयौं जना सहभागी भएका थिए । वुमेन्स रुम रिलोडेटकी सदस्य स्मृति ओझाले न्यायको लागि सामाजिक सञ्जालमा अभियान चलाउनु भन्दा सडक मै आएर प्रदर्शन गर्दा उपयुक्त हुने ठाने पछि कार्यक्रम गरेको जनाएकी छिन् । उनले बलात्कारसम्बन्धी मुद्दामा लगाइएको हदम्याद समेत खारेज नै गर्नु पर्ने बताएकी छिन् । त्यस्तो हदम्यादका कारण बलात्कारीले सजिलै उन्मुक्ति पाउने बताइन ।

नेपालको मुलुकी अपराध संहिता २०७४ मा बलात्कार कसुरबारे उजुरीको हदम्याद तोकिएको छ। यौनजन्य हिंसा र दुर्व्यवहारको हकमा अपराध भएको मितिले एक वर्षभित्र र पशुकरणीजस्ता अन्य कसुर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्दैन ।पोखराको मानवअधिकार चोकबाट सुरु भएको ¥याली पृथ्वीचोकमा गएर कोण सभामा परिणात भएको थियो ।














पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया