वडाध्यक्ष हारेपछि पोखरा २४ का एमाले नेताहरूको राजीनामा

पोखरा ।
पोखरा महानगरपालिका २४ वडाध्यक्षमा चुनाव हारेपछि नेकपा एमालेका वडा कमिटी उपाध्यक्षसहित ५ सदस्यले सामूहिक राजीनामा दिएका छन् ।
शनिवार वडा कमिटी उपाध्यक्ष उत्तम गिरीसहित सदस्यहरु थमन गिरी, बलबहादुर थापा, पार्वती गिरी (निर्मला), पवित्रा गिरी र दीपक पुरीले सामूहिक रुपमा वडा कमिटी अध्यक्षलाई राजीनामा वुझाएका हुन् ।
भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा पोखरा महानगरपालिका वडा नं २४ मा एमालेका उम्मेदवार रामचन्द्र थापालाई हराउँदै कांग्रेसका उम्मेदवार भरतबहादुर अधिकारी विजयी भएका थिए । वडा सदस्यमा भने एमालेका उम्मेदवार विजयी भएका थिए ।
वडाध्यक्षमा पार्टीको उमेदवारले हार व्यहोर्दा जिम्मेवारी ठानी नैतिकताको आधारमा राजीनामा दिएको उक्त राजीनामा पत्रमा उल्लेख गरिएको छ ।
‘हामी वडा कमिटिको विभिन्न पदमा रहेर कार्यसम्पादन गरेका कमिटिका तपशिलका सदस्यहरुले पाटीको वडाध्यक्ष पदका उमेदवारले व्यहोरेको हारले पार्टीलाई पुगेको अपुरणीय क्षति हुनुमा हामीले आफूलाई पनि जिम्मेवार ठानी पार्टीको गौरवशाली इतिहासलाई जोगाउन नसकेकोले नैतिकताको आधारमा आजको मितिवाट वडा कमिटी–२४ को कुनै पनि पदीयमा जिम्मेवारी नरहने गरी सयुक्त रुपमा राजीनामा पेश गर्दछौं,’ उक्त राजीनामा पत्रमा भनिएको छ ।
उनीहरुले आफ्नै पार्टीबाट अन्तरघात हुँदा पार्टीले हार व्यहोरेको बताएका छन् । भविष्यमा पार्टीलाई यस्ता कुकृत्यवाट बचाएर पार्टीको विरासतलाई संजीवनी प्रदान गर्न पार्टीभित्रका अन्तरघातीको छानविन गरी कडा कारबाही गर्न उनीहरुले माग गरेका छन् ।









तनहुँमा खाद्य नमूना संकलन गरिँदै
जमे खोला, धारा; कठिन दिनचर्या
‘डिजिटल साक्षरता, अनुसन्धानात्मक पत्रकारिता र नैतिक रिपोर्टिङ’ तालिम : उपलब्धिमूलक
मानवअधिकार उल्लंघनकर्तालाई कारवाही माग
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया