व्यासमा कांग्रेसलाई ५०० मतको अग्रता

समाधान संवाददाता २०७९ जेठ ८ गते १५:५६

तनहुँ ।
तनहुँको ब्यास नगरपालिकाको मतगणना अन्तिम अवस्थामा आइसक्दा मेयरमा नेपाली कांग्रेसका उम्मेदवार बैकुण्ठ न्यौपानेले करिब ५०० मतको अग्रता लिएका छन् ।

२६ हजार ९१७ मत गणना हुदा न्यौपानेले ११ हजार २४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले १० हजार ५५२ मत पाएका छन् । अब करिब तीन हजार मत गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया