बाबुराम भट्टराईको पार्टी उनकै प्रदेशमा रित्तै

पोखरा l
डा. बाबुराम भट्टराईको गृहप्रदेश पनि हो गण्डकी । उनी अहिले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष छन् । डा. भट्टराईको जिल्ला गोरखा हो । नगपालिका पालुङटार । पालुङटारको मेयरमा भट्टराईको पार्टीले एमालेसँग गठबन्धन गरेको थियो ।
कांग्रेस र माओवादीसँग गठबन्धन नमिलेपछि मौन अवधि सुरु हुनै लाग्दामात्रै उनले एमालेसँग गठबन्धन गरे । त्यसको प्रचार हुन सकेन । मतदान गर्ने बेला छाता चिन्हमा मत हालेको फोटो सार्वजनिक गरेर भट्टराईले आफ्ना उम्मेदवारको प्रचार गरे ।
पालुङटारमा जसपाका मेयर उम्मेदवार प्रेम गुरुङ हारे । माओवादीका विवश चिन्तनले जिते । गोरखाका अरु पालिकामा पनि जसपाको कुनै उम्मेदवारले जितेनन् । अझ गण्डकी प्रदेशभरमै पनि जसपाको उपस्थिति शून्य भएको छ ।
भट्टराईको गृहजिल्ला गोरखाका १० तहमध्ये कुनै पनि तहमा जसपाले जित निकाल्न सकेन् । गोरखामा माओवादी केन्द्रले ९ र नेपाली कांग्रेसले २ पालिका प्रमुख जितेको छ ।
लमजुङका ८ स्थानीय तहमा एमाले र कांग्रेसले ४-४ वटा स्थानीय तहका प्रमुखमा जित निकालेको छ । तनहुँका ८ स्थानीय तहमध्ये नेपाली कांग्रेस ४, माओवादी केन्द्र १ र एमालेले ४ स्थानिय तहका प्रमुख जितेको छ । व्यास नगरपालिकाको भने अन्तिम मत परिणाम आउन बाँकी छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगरसमेत रहेको व्यासमा सुरुदेखि नै स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएका छन् ।
११ स्थानीय तह रहेको स्याङ्जामा नेपाली कांग्रेसले ५ र एमालेले ६ स्थानीय तहमा जित निकालेको छ । कास्कीमा एमालेले ४ र कांग्रेसले ४ स्थानिय तहका प्रमुख जितेको छ । पोखरा महानगरपालिकाको मतपरिणाम आउन बाँकी छ । यहाँ गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता राखेका छन् ।
मुस्ताङका ५ स्थानिय तहमध्ये एमालेले ४ र कांग्रेसले १ तहका प्रमुखमा जित निकालेको छ । पर्वतका ६ तहमध्ये एमाले ४ र कांग्रेस २ वटा तहका प्रमुखमा विजयी भएको छ । बाग्लुङका १० स्थानीय तहमध्ये कांग्रेस ६, माओवादी केन्द्र १, राष्ट्रिय जनमोर्चा २ र एमाले १ वटा तहका प्रमुखमा जित निकालेको छ । नवलपुरका ८ स्थानीय तहमध्ये एमाले ६ र कांग्रेस २ तहमा विजयी भएको छ ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया