रुपाबासीलाई एम्बुलेन्स सित्तैमा

पोखरा l
रुपा गाउँपालिका कास्कीमा दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष र उपाध्यक्षले शुक्रबार पदभार ग्रहण गरेका छन् । स्थानीय तह चुनावमा एमालेबाट अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुब्बा गुरुङ विजयी भएका छन् ।
सपथलगत्तै अध्यक्ष र उपाध्यक्षले पदभार सम्हाले । पदभार ग्रहण गर्दै अध्यक्ष ओझाले गाउँपालिकावासीलाइ निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका छन् । ‘रुपा गाउँपालिकावासीलाई बिरामी भएपश्चात उपचारका लागि पालिका अस्पताल र बाहिर लैजाने एम्बुलेन्स सेवा निशुल्क गर्ने निर्णय भयो,’ निर्णयमा भनिएको छ, ‘यो निर्णय आगामी कार्यपालिका बैठकबाट अनुमोदन गराइनेछ ।’
हाल रुपामा ३ एम्बुलेन्स छन् । यसरी सेवा दिँदा मासिक डेढदेखि २ लाख खर्च निस्किने अनुमान छ । ‘आवश्यक परे एम्बुलेन्स थप्छौं । तर कुनै नागरिक अस्पताल जाने पैसा नभएर घरर्मै थलिनुपर्दैन,’ नवनिर्वाचित अध्यक्ष ओझाले भने, ‘हामी नागरिकको सेवाका लागि आएका हौं । जसरी पनि पूरा गर्छौं ।’ यसैबीच, विभिन्न वडाका अध्यक्ष र जनप्रतिनिधिले पनि पदभार सम्हालेका छन् ।







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया