लोमान्थाङ : एमालेको सर्मथनमा नेकाका २ जना कार्यपालिका सदस्य निर्विरोध

समाधान संवाददाता २०७९ जेठ ८ गते १८:०९

जोमसोम–

उत्तरी चिनको स्वशासितक्षेत्र तिब्बतसंग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कार्यपालिका सदस्य निर्विरोध भएका छन् । लोमान्थाङ गाउँपालिकामा नेकपा एमालेबाट कार्यपालिका सदस्यका लागि महिला तर्फ २ र दलित वा अल्पसंख्यकमा उम्मेदवारी दिएका २ गरी ४ जना निर्विरोध भएका छन् । यस्तै,नेपाली कांग्रेसबाट कार्यपालिका सदस्य बन्न उम्मेदवारी दिएका २ जना महिला सदस्य निर्विरोध भएका छन् ।
लोमान्थाङ गाउँपालिकाको कार्यपालिका सदस्यका लागि जेठ ६ गते उम्मेदवारी दर्ता र जेठ १२ गते कार्यपालिका निर्वाचनको मिति तय गरिएको थियो ।तर ,लोमान्थाङमा नेकपा एमाले महिला सदस्य र दलित वा अल्पसंख्यक सदस्य ४ जना र नेपाली कांग्रेसबाट महिला सदस्य २ जना गरी ६ जनाको मात्र उम्मेदवारी परेकाले कार्यपालिका निर्वाचन गर्नुपर्ने आवश्यकता नपरेको निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिए ।
लोमान्थाङ गाउँकार्यपालिका सदस्य निर्वाचनका लागि नेकपा एमालेबाट महिला सदस्यतर्फ छुटिन आङ्मो गुरुङ र सोनम आङ्मो गुरुङले उम्मेदवारी दिएकी थिईन ।यस्तै नेपाली कांग्रेसबाट महिला सदस्यतर्फ छिरिङ याङजीग गुरुङ र छिरिङ युटिन गुरुङले कार्यपालिका सदस्य बन्न उम्मेदवारी दर्ता गरेकी थिईन् ।कार्यपालिका सदस्यमा आउन दलित वा अल्पसंख्यक सदस्यतर्फ नेकपा एमालेका कुंगा गुरुङ र पासाङ गुरुङले उम्मेदवारी दिएको निर्वाचन अधिकृत सुवेदीले बताए । लोमान्थाङमा कार्यपालिका सदस्यका लागि आवश्यक सख्याले मात्र उम्मेदवारी दिएकाले उनीहरु निर्विरोध भएपनि यसको आधिकारिक घोषणा जेठ १२ गते मात्र हुने निर्वाचन अधिकृत सुवेदीको भनाई छ ।
बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत लोमान्थाङ गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष ,उपाध्यक्ष र ३ वडाध्यक्षसहित १५ पद जितेको थियो । नेपाली कांग्रेसले २ वडाध्यक्षसहित ७ पदमा बिजयी हासिल गरेको थियो । लोमान्थाङ गाउँपालिकाको कार्यपालिका निर्वाचनमा नेकपा एमालेको स्पष्ट बहुमत हुँदाहुँदै पनि नेपाली कांग्रेसका दुई महिला सदस्यलाई समर्थन गर्ने गरी कार्र्यपालिका सदस्य निर्वाचन निर्विरोध गराएको हो ।योसंगै लोमान्थाङको कार्यपालिकामा ९ जना एमालेका र ४ जना कांग्रेसका सदस्यहरुको सहभागिता रहने छ । कार्यपालिकाका लागि प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहन पाउँने प्रावधान छ ।
लोमान्थाङमा कार्यपालिका सदस्य निर्वाचनमा अल्पमतमा परेको नेपाली कांग्रेसका २ जना महिला सदस्यलाई कार्यपालिका सदस्यमा समावेश गराएर नेकपा एमालेले लोमान्थाङले राजनितिक संस्कार र आपसी सम्वन्धलाई प्रगाढ बनाएको एमाले गण्डकी प्रदेश कमिटी सदस्य ईन्द्रधारा बिष्टले जानकारी दिए

Advertisement

तपाईको प्रतिक्रिया