युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा मल्ल

नेपाली युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा सुयस मल्ल चयन भएका छन् । मञ्चको शनिबार भएको १७ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले मल्ललाई अध्यक्षमा चयन गरेको हो । मञ्चको इमिडियट पास्ट प्रेसिडेन्टमा सुनीलबहादुर भट्टराई, प्रेसिडेन्ट इलेक्टमा निरन केसी, प्रेसिडेन्ट नोमिनीमा इन्जिनियर विशेष थापा, कार्यक्रम संयोजकमा समेज राजभण्डारी र आर्थिक संयोजक सरोज कायस्थ चयन भएका छन् ।
यसैगरी, मञ्चको कार्यकारिणी सदस्यहरुमा निकेश द्वा, हर्षल बिजुक्छे, विवेक श्रेष्ठ, दीशान्त शेरचन, सागर भट्टराई र सुरज श्रेष्ठ चयन भएका छन् ।
यसअघि अधिवेशनको उद्घाटन शत्रमा बोल्ने सदस्यहरुले मञ्चले कोभिडका बेला अध्यक्ष सुनीलबहादुर भट्टराईको नेतृत्वमा सचेतना जगाउन, विरामीहरुलाई आवश्यक सहयोग गर्नेलगायतका उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गरेका थिए । साथै उनीहरुले पोखरामा उद्यमशिलताको विकास गर्न, युवाहरुलाई उद्यमशीलताका लागि क्षमता अभिवृद्धि गर्न, पोखरेली अर्थतन्त्र बलियो बनाउन, मञ्चमा युवा उद्यमी तथा महिला उद्यमीहरुको सहभागिता बढाउन जोड दिन सुझाव दिएका थिए ।
मञ्चका निवर्तमान अध्यक्ष सुनीलबहादुर भट्टराईको अध्यक्षता तथा सचिव इन्जिनियर विशेष पन्तको सञ्चालनमा भएको कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका कमिङ प्रेसिडेन्ट उदीप श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापती, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी लगायतले बोलेका थिए ।








ढोरपाटनमा फस्टायो घोडचढी
दूरसञ्चार बिना विकास असम्भवः मन्त्री थापा
सिंजालीलाई केशर पुरस्कार
८ देशका नागरिक अमेरिका यात्रामा प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया