व्यास नगरपालिकामा कांग्रेस विजयी

समाधान संवाददाता २०७९ जेठ ९ गते ११:५२

तनहुँ l

तनहुँको व्यास नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काङ्ग्रेस विजयी भएको छ । नगरप्रमुखमा वैकुण्ठनाथ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरै विजयी भएका छन् ।

दुई सय ५२ को मतान्तरले न्यौपानेले नगरप्रमुखमा जित हासिल गरेका हुन् । न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरे। प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरे ।

Advertisement

उपप्रमुखमा इन्दिरा दरै १३ हजार चार सय ९८ मत प्राप्त गरी विजयी भएकी छन्। प्रतिस्पर्धी नेकपा (एमाले) का बसुन्धरा घर्तीले दश हजार ४२ मत प्राप्त गरिन्

कूल १४ वडामध्ये नेपाली काङ्ग्रेसले ११ वडामा प्यानल सहित जितेको छ भने नेकपा एमालेले तीन वडामा वडाध्यक्ष जितेको छ । एमालेले वडाध्यक्ष जितेको वडामा पनि नेपाली काङ्ग्रेसले सबै सदस्य जितेको छ । एमालेले व्यास–४, ५ र ७ को वडाध्यक्षमात्रै जितेको छ ।

Advertisement

व्यास–१ को वडाध्यक्षमा रमेशचन्द्र हड्खले, २ को अध्यक्षमा काशीराम श्रेष्ठ, ३ को अध्यक्षमा अनुप राना, ४ को अध्यक्षमा मनबहादुर गुरुङ, ५ को अध्यक्षमा विष्णुकुमार श्रेष्ठ, ६ को अध्यक्षमा जीवन गुरुङ, ७ को अध्यक्षमा कृष्णप्रसाद न्यौपाने, ८ को अध्यक्षमा युवराज गुरुङ, ९ को अध्यक्षमा सुरेश थापा, १० को अध्यक्षमा खेमराज पोख्रेल, ११ को अध्यक्षमा दलबहादुर दुरा, १२ को अध्यक्षमा बमबहादुर आले, १३ को अध्यक्षमा बसन्तबहादुर आले र १४ को अध्यक्षमा काजीमान श्रेष्ठ विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया