‘कृष्ण भुजेललाई सहिद घोषणा गर’

लेखनाथ l
०५४ को संसदीय चुनावका क्रममा साबिक कालिका गाविसमा अमानवीय तरिकाले हत्या गरिएका कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले पोखरा २६ ले आइतबार आयोजना गरेको २५ औं कृष्ण भुजेल स्मृति दिवसको अवसरमा स्थानीय र पीडित परिवारको तर्फबाट भुजेललाई राष्ट्रिय सहिद घोषणा गर्न माग भएको हो ।
हत्या भएको २५ वर्ष बितिसक्दा पनि पाटीको तर्फबाट सहिद परिवारदेखि उक्त ठाउँको विकासमा चासो नदेखाएको भन्दै सहभागीले चिन्ता जाहेर गरे । पोखरा २६ राखिडाँडाका भुजेलको चुनावकै सिलसिलामा ०५४ सालमा कांग्रेस कार्यकर्ताबाट हत्या भएको एमालेको दाबी छ ।
कार्यक्रममा नेकपा एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङले प्रजातन्त्र पुनस्र्थापनादेखि लोकतान्त्रिक आन्दोलनमा सहिदले गरेको बलिदानको उच्च मूल्यांकन गर्दै सहिदका सपनालाई साकार पार्न नेता तथा कार्यकर्ताले सही नीति र राजनीतिक आचरण अंगाल्नुपर्ने बताए । जिल्ला समन्वय समिति कास्की प्रमुख बैनबहादुर क्षेत्रीले सहिदको त्याग रबवलिदानबाट स्थापित लोकतन्त्रलाई संस्थागत गर्न सहिदप्रति उच्च सम्मान व्यवहारमै देखिनुपर्ने बताए ।
एमाले पोखरा २६ अध्यक्ष रामचन्द्र तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सदस्य वामदेव ढुंगानाले सहिद कृष्ण भुजेलको योगदानका बारेमा चर्चा गरेका थिए ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया