माछापुच्छ्रे बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा छुट

पोखरा ।
माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपूर्ण केबुलकार चढ्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैँकका बिरौटा शाखा प्रमुख र अन्नपूर्ण केबुलकारका सञ्चालकबीच ग्राहकलाई पोखरा फेवातालको सेदीबगरदेखि सराङकोटसम्मको केबुलकार चढ्दा शुल्कमा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।
पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले बैंकले अन्नपूर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने गरी व्यवसायिक सम्झौता भएको माछापुच्छ्रे बैंकका शाखा–प्रमुख आलोकमान श्रेष्ठले बताए । बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट-क्रेडिट कार्ड प्रयोग गरी केबुलकारको बिल भुक्तानी गर्दा पाउने उनले बताए ।
सम्झौताले व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौडेलले बताए । माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया