पोखरा ३१ बेगनाशमा कांग्रेसका ढकनाथ कँडेल विजयी

समाधान संवाददाता २०७९ जेठ ९ गते १७:०७

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ३१ वडाध्यक्षमा नेपाली कांग्रेसका ढकनाथ कँडेल विजयी भएका छन् । कँडेल नेकपा एमालेका चिरन्जीवी बन्जरालाई पराजीत गर्दै वडाध्यक्ष चुनिएका हुन् । कँडेलले १ हजार ८ सय ९८ मत प्राप्त गर्दा बन्जराले १ हजार ७ सय ३७ मत प्राप्त गरे

सदस्यमा भने एमालेले एमालेले जितेको छ । महिला सदस्यमा धनदेवी तिवारी, दलित महिला सदस्यमा तारा परियार, सदस्यमा देवेन्द्रराज अधिकारी र विनोदमणी लामिछाने विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया